Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २४ गते, बिहान ११:०३ बजे
काठमाडौँ - KTM

ज्ञानेन्द्र शाहलाई नेपालकाे कडा व्यंग ! अब एउटा पार्टी खोले हुन्छ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २४, काठमाडौं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनले सुझाव दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको उनले स्मरण गरे।  तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’