प्रकाश सिलवाल/भदौ ३०, काठमाडौं । ‘मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन,’ सूचना तथा सञ्चार मन्त्री सुरेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश सिलवाल/भदौ ३०, काठमाडौं । ‘मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन,’ सूचना तथा सञ्चार मन्त्री सुरेन्"/>
2026-06-24 04:52 PM
काठमाडौँ - KTM

बरु मन्त्री निवासमा पङ्खा नचलोस्…!

2016-09-15

प्रकाश सिलवाल/भदौ ३०, काठमाडौं । ‘मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन,’ सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।

मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन लक्षित थियो । मन्त्रीले भने, ‘म त्यहाँ गएदेखि त्यो चलेको देखेको छैन, कति महिनामा चल्ला भनेर हेरिरहेको छु ।’

मन्त्री कार्कीले आफूलाई पङ्खाबिना पनि बस्न अप्ठ्यारो नभएको तर भएको सुविधा किन उपभोग गर्न पाइँदैन र सरकारका सबै निकायले जिम्मेवारी पूरा गर्ने विषयलाई कसरी लिएका छन् भन्ने सन्दर्भमा यो विषय एक संसदीय समितिमा उठान गरेका हुन् । व्यवस्थापिका–संसद्को विकास समितिको बुधबारको बैठकमा नेपाल टेलिकमको मोबाइल सेवा किन गुणस्तरहीन भयो भन्ने सांसद्को प्रश्नको जवाफ दिने क्रममा आफ्नो निवासको समस्या उल्लेख गर्दै उनी मुलुकको यथास्थितिको चित्रण त्यसरुपमा गर्न विवश भएको देखियो ।

बौद्धिक नेताका रुपमा चिनिने कार्कीले पुल्चोकस्थित आफ्नो सरकारी निवास (मन्त्री क्वाटर) मा पङ्खा नचलेको विषयले मुलुक कसरी चलिरहेको छ भन्ने विश्लेषण गर्न सहयोग पुग्नेतर्फ विधायकको ध्यान ताने । नेपाल सरकारका प्रवक्तासमेत रहेका कार्की मन्त्रीमा नियुक्त भएको करिब एक महिना पुग्न लागेको छ । सुविधाका हिसाबले मन्त्री निवास आकर्षक मानिनुपर्नेमा किन गुनासोयुक्त भयो ? मन्त्री कार्कीको उक्त भनाइबाट सम्भवतः समितिका सदस्यमा थप प्रश्न पैदा भएको थियो ।

समाजवादको दिगो लक्ष्यका साथ राजनीतिमा यात्रारत कार्कीलाई आफ्नो निवासको पङ्खा नचलेको, दूरसञ्चार सेवा प्रभावकारी नभएको जस्ता विषयले मात्र होइन मातहतको गोरखापत्र संस्थानको धर्मपथस्थित जीर्ण भवन देखेर पनि चिन्ता पैदा भएको छ ।

सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोग लगायतका विषयमा विगतमा समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा समितिका सभापति रवीन्द्र अधिकारीको प्रश्नको जवाफ दिँदै उनले गोरखापत्र संस्थान पुग्दा भवन चर्किएको देख्दा त्यहाँ कर्मचारीले कुन त्रासमा काम गरेका होलान् भन्ने लागेको अनुभव सुनाए ।

उनले भने, ‘गोरखापत्र संस्थानको कार्यालयमा बस्दा भगवान् मान्नेले देउता पुज्नुपर्ने हुन्छ, अरू अरू मान्नेले अरू अरू पुज्नुपर्ने हुन्छ, यी हाम्रा निकायका समस्या हुन्, यसमा सांसदको पनि ध्यान जाओस् ।’

केही दिनअघि गोरखापत्र संस्थानको निरीक्षणमा जाँदाको अनुभव सुनाउँदै मन्त्री कार्कीले भने, ‘यी संस्थाका भौतिक सम्पत्ति पनि प्रशस्त छन् तर सदुपयोग हुन सकेका छैनन् । मेरो चासो यसमा पनि गएको छ । मन्त्री कार्कीले समिति र मन्त्रालयका बीच उचित समन्वय हुनुपर्ने भन्दै सार्वजनिक संस्थालाई सेवामुखी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन नसकिए समाजवादको लक्ष्य बोक्नुको अर्थ नहुने बताए ।

अरिस्टोटल र हकिन्सका समाजवादका व्याख्या सम्झँदै उनले सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको प्रवेश दिनु समाजवादको मर्मविपरीत भएकाले सार्वजनिक संस्थालाई नै प्रभावकारी बनाउन लाग्न आग्रह गरिरहँदा सांसदले गम्भीरतापूर्वक सुनेका थिए ।

सभापति अधिकारीले मन्त्री कार्की सिद्धान्त र ज्ञानको अध्येताका रुपमा उहाँलाई अग्रज मानिएजस्तै सञ्चार क्षेत्रको सुदृढीकरणका लागि अरूले देख्न सकिने काम यो कार्यकालमा मिलेर गर्न आह्वान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित