पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बिहिबार दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री बिहीबार बिहान साढे ११ बजे नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएर विदाई गरेको छ ।

प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए । प्रधानमन्त्रीको भ्रमण टोली १ सय २५ सदस्यीय रहेको छ। टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा जान लागेका हुन् ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण टोलीका १५ सदस्यीय कोर टोली राष्ट्रपति भवनमा बस्नेछन् । अन्यलाई होटल ताजमा राखिने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारतको राजकीय भ्रमणमा गएका हुन् । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फर्कीनेछन् ।