पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आज विशेष सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रमलाई साथ दिन युवा तथा खेलकुद मन्त्री दलजित सिरपाइली समेत आएका थिए ।

रङ्गशालाको वरिपरिको प्याराफिटमा झार उम्रिएर झाडी भएपछि आज क्रान्तिकारी आफ्नो सयौं कार्यकर्ता सहित सरसफाईमा उत्रिएको हो । अभियानको नेतृत्व गरेका अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने-"अन्तरास्ट्रिय बेइज्जती रोक्न हामी यो अभियानमा जुटेका हौं ।"

दोस्रो पोष्टवहादुर वोगटी स्मृति दिवसको सन्दर्भ पारेर सरसफाईमा जुटेका युवा विद्यार्थीलाई धन्यवाद दिदैं खेलकुद मन्त्री सिरपाइलीले भने-"अब हामी रङ्गशाला मात्र हैन खेल क्षेत्रका सवै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं । "मन्त्री सिरपाइली सरसफाई कार्यक्रममा पुर्ण अवधि सक्रियतापुर्वक आफैं भिडेका थिए । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघले पनि सहभागीता जनाएको थियो ।