Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३१ गते, अपराह्न ३:१६ बजे काठमाडौँ - KTM, राजनीति

विकासका लागि शान्ति र स्थिरता आवश्यक: प्रधानमन्त्री दाहाल

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने  बताएका छन् ।

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री दाहालले भने– “विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।”

प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रतिनिधिमण्डलबीच पञ्चेस्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुलाकी सडक, विद्युत् प्रसारण लाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण छलफल भएको बताए ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच हुने उच्चस्तरको राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि  गरे ।

भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उनले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिए । रासस