असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन"/>
2026-06-24 04:58 PM
काठमाडौँ - KTM

देशव्यापी प्रशिक्षण सञ्चालन गरिन्छ: ओली

2016-09-17

असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान  गरेका छन् । 

एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सातदिने प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि र जनताको बहुदलीय जनवादको विचारलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताए । 

पार्टीका स्कुल विभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले ‘जबज’ समाज सापेक्ष विचार भएको र त्यसको जगमा पार्टीले जनताको मन जितेको उल्लेख गर्दै आफ्नो सरकारका पालामा भएका राम्रा काम, नीति कार्यक्रम र समृद्धिका योजनाबारे देशव्यापी प्रशिक्षण सञ्चालन गरिने बताए । 

स्कुल विभाग उपप्रमुख तथा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले प्रशिक्षित कार्यकर्ताले मातहतका सदस्यलाई प्रशिक्षण दिन आग्रह  गरे । उनले सबै जनवर्गीय सङ्गठनका केन्द्रीय नेतालाई प्रशिक्षण दिने अभियान स्कुल विभागको जारी रहेको  बताए । 

प्रशिक्षणमा नेताहरु प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, डा राजन भट्टराई, वृन्दा पाण्डेलगायतले सहजीकरण गरेका थिए । महासङ्घका अध्यक्ष खगेन्द्र राईले सातदिने प्रशिक्षणबाट आफ्नो सङ्गठनमा थप ऊर्जा मिलेको  बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित