असोज १, काठमाडौँ । नेकपा (माओवाादी)ले प्रधानमन्त्रि प्रचण्डको भारत भ्रमणको बेला भएको २५ बुदे सहमतिको बिरोध गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौँ । नेकपा (माओवाादी)ले प्रधानमन्त्रि प्रचण्डको भारत भ्रमणको बेला भएको २५ बुदे सहमतिको बिरोध गरेको छ । 
२०८३, १७ जेष्ठ आईतवार
काठमाडौँ - KTM

प्रचण्ड र मोदीबीच भएको २५ बुँदे सम्झौताप्रति विप्लव माओबादीको आपत्ति

२०७३, १ आश्विन शनिबार ११:१९

असोज १, काठमाडौँ । नेकपा (माओवाादी)ले प्रधानमन्त्रि प्रचण्डको भारत भ्रमणको बेला भएको २५ बुदे सहमतिको बिरोध गरेको छ । 

पार्टी महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ती जारी गरी सो सम्झौताको विरुद्ध उत्रन नेपाली जनतालाई आब्हान गरेका छन । प्रधानमन्त्रि पुष्पकमल दाहाल भारत भ्रमणमा रहेको वेला १६सेप्टेम्वर २०१६ मा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीसंग गरेको २५ बुँदे सहमतिप्रति पार्टीको ध्यान गम्भिर रुपले तानिए भन्दै उनीहरु बीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती संझौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको महासचिव विप्लवद्वारा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

विज्ञप्तीमार्फत महासचिव विप्लवले प्रधानमन्त्रि प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको र उनको अनुहार नकाव विहिन वन्न पुगेको भन्दै भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदांगिएको बताएका छन । साथै उनले २५ बुँदे सहमतिको कडा रुपमा विरोध गर्दै राष्ट्रघाति सहमतिहरु लागु हुन नदिने पनि स्पष्ट पारेका छन साथै यसका विरुद्ध संघर्षमा उत्रिन सवै देशभक्त नेपाली जनतालाई समेत विशेष आग्रह समेत गरेका छन ।


विप्लवद्वारा जारी विज्ञप्तीको पुर्ण पाठ

नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहाल भारत भ्रमणमा रहेको वेला १६सेप्टेम्वर २०१६ मा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी संग गरेको २५ वुदे सहमतिप्रति हाम्रो पार्टीको ध्यान गम्भिर रुपले तानिएको छ । उनीहरु बीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती संझौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको छ । यसप्रति नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका दृष्टिले हाम्रो पार्टीको गम्भिर असहमति र विरोध रहेको छ । पार्टी सहमतिको घोर निन्दा गर्दै नेपाली जनतालाई विरोध र प्रतिवाद गर्न आग्रह गर्दछ ।

प्रचण्ड र मोदीले वुदा नं १९मा गरेको नेपाली जलश्रोत संग सम्वन्धित महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तीन सम्झौताको कार्यन्वयन गर्ने सहमति विगत देखी नेपाली जनताले विरोध गर्दै आएका राष्ट्रघाति संझौता हुन । ती संझौता खारेजीको पक्षमा हाल पनि संघर्षहरु चलिनै रहेका छन् । 

ती संझौता खारेज गर्नु साटो म्याद समेत नाघि सकेका परियोजनाहरुलाई स्वीकृत गर्दै कार्यन्वयन गर्ने सहमति गर्नुले नेपालको स्वाधिनता माथि पुनः घात हुन पुगेको छ । स्मरण रहोस कि उपल्लो कर्णाली र अरुण तीन सम्झौता पछि कम्पनीकै अयोग्यताका कारण लगानी समेत जुटाउन नसकी सम्झौत खारेज हुने स्थितिमा पुगेको छ । त्यसलाई थप सहमति गरेर रोक्नु भनेको राष्ट्रघात माथि जनघात पनि थपिन पुगेकोछ किनकी काम नै गर्न नसक्ने कम्पनीलाई राखिराख्नु भनेको ती योजनाहरुलाई नेपाली जनताले समेत कार्यन्वयन गर्न नपाउने अवस्थामा पु¥याउनु हुन्छ ।

वुदा नं १५ मा हुलाकी वाटोलाई भारतको स्वार्थ अनुरुप छोडिदिनु पनि योजनाप्रतिको चरम लापर्वाही र भारतको चाकरी भन्दा अरु केही हुदैन । वुदा नं १० मा कथित संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप वनाउने वाचा कवुल गर्नु राष्ट्रघात मात्र होइन नागरिकहरुका लागि समेत घोर लज्जाको विषय वनेको छ । 

वुदा नं ११ मा नेपाली जनताको परामर्शनै नलिइ भारतिय विस्तारवादलाई सयुक्त राष्ट्रसंघको स्थाई सदस्यको दावीलाई समर्थन गर्नु नेपाली जनता र नेपालका लागि दीर्घकालीक सुरक्षा चुनौति वन्न पुगेको छ । यस प्रस्तालाई समर्थन गर्नुको अर्थ या विषयलाई वुझन नसक्नु या विस्तारवाद सामुको नांगो दलाली र आत्मसमर्पन मात्र हुन्छ । यो विश्व शान्तिका लागि समेत हानिकारक विषय हो ।

वुदा नं ९ मा भूकम्प पीडित नेपाली जनताका लागि दिल्लीबाटै प्रतिघर एक लाखको सहयोग तोक्नु सरकारको त कुरै छोडौं देशकै लागि वेजत्ति हो । अन्तराष्ट्रिय कुटनीतिको समेत हेक्का नराखेर दिल्लीबाट रकम बाडफाट गरिदिनु नेपालका लागि विडंवना हो । यी वुदा वाहेक २५ वुदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्रि प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएकोछ । 

उनको अनुहार नकाव विहिन वन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदांगिएको छ । हाम्रो पार्टी यस २५ वुदे सहमतिको कडा रुपमा विरोध गर्दछ र राष्ट्रघाति सहमतिहरु लागु हुन नदिने पनि स्पष्ट गर्दछ साथै यसका विरुद्ध संघर्षमा उत्रिन सवै देशभक्त नेपाली जनतालाई समेत विशेष आग्रह गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी