Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 8, 2023 राजनीति

गगन थापाको प्रश्न: रास्वपालाई प्रश्न सोध्नै नहुने?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २५,  काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन्। उनले आज बुधबार ‘लोकतन्त्र संवाद केन्द्र’ले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र त्यसका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्ताे बताएका हुन्।

सर्वाेच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका रास्वपा सभापति लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जाेड्दै दिएकाे अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसाे गर्न नहुने बताएका हुन्।

‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो?’ उनले प्रश्न गरे,’प्रेसले हामीलाई क्वेस्चन सोध्ने?’

यसका साथै, गगनले रास्वपाकाे सरकारमा सहभागिता र बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन्। उनले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताएका हुन्।