Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 19, 2023 राजनीति

पूर्वराजा भन्छन्– ‘देश जोगाउने भए राजसंस्था फर्काउन ढिलो नगरौँ’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनितिक दलहरुलाई राजसंस्था फर्काएर आफूसँग सहकार्य गर्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अब देश जोगाउन राजसंस्था र राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको र यसमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

‘अब देश प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासको साथ सहकार्यको लागि बिलम्ब गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ ।’

राज्यसंस्थाको बागडोर जजसका हातमा दोहोरिँदै तेहेरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाल विद्यमान राज्यव्यवस्थाले जनताको सुख, शान्ति र समृद्धिमा कुनै गहन योगदान दिन नसकेको शाहको दाबी छ ।

हेर्नुहोस् विज्ञप्ती