2026-06-17 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंबारे ओलीले भने- पानीको लेभल आफैं मिल्दै जान्छ

फागुन ७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्।

विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्वराजा आफैं अलमलमा रहेको र त्यो प्रस्तावको कुनै अर्थ नभएको बताए।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।

यसपछि एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि परेको उजुरी र कारबाहीबारे सोधिएको प्रश्नमा ओलीले ‘पानीको लेभल आफैं मिल्दै जाने’ प्रतिक्रिया दिए।

नेकपा एमाले प्रदेश नम्बर १ ले केही दिनअघि प्रसाईंलगायतमाथि कारबाही गर्न केन्द्रमा पत्राचार गरेको थियो। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारशलाई सँगै राखेर केही दिनअघि अभियान सुरू गरेका थिए।

प्रसाईंलाई कारबाही गर्नेबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘तपाईंहरूलाई कारबाही खुब चासो छ। एकातिर भीम रावल कराउँदै हिँड्नुहुन्छ। अर्कोतिर केन्द्रीय सदस्य (दुर्गा प्रसाईं) के गर्दै हिँड्छन्, पानीको लेभल आफैं मिल्दै जान्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ