Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 24, 2023 राजनीति

राष्ट्रपतिमा हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन- ओली

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, काठमाडौँ | एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १० मै राष्ट्रपति उम्मेदवारमा सहमति भइसकेको उल्लेख गर्दै शनिबार एमालेले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दिने बताएका छन्।

शुक्रबार संसद्‌बाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले आफ्नै चिरपरिचित शैलीमा भने- ‘भोलि एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन।’

ओलीले त्यसो भने पनि एमालेले राष्ट्रपति पदमा आफ्नो उम्मेदवार निश्चित गरिसकेको छैन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेले सघाउने मनस्थिति बनाइरहेका बेला कांग्रेसले भने राष्ट्रपतिमा आफ्नो दाबी छाडेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने मुडमा देखिए पनि नेपालको सम्भावनाबारे पनि छलफल र बहस भइरहेको छ।