पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १५, काठमाडौँ |</b> चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । <br></p><p>पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताउनुभयो ।</p>

