लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

Posted on: 12 Apr, 2024

चैत ३०, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । 

मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।  


८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!