जसपाले लुम्बिनीमा विश्वासको मतको विपक्षमा मतदान गर्ने

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ |  जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरुलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।

लुम्बिनीमा जसपाका ३ सांसद रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!