Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०८ गते, बिहान ७:४४ बजे
काठमाडौँ - KTM

विद्युत् चोरीको आरोपमा तेइस पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, लहान । विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् । 

विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालय लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो । 

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो । कार्यालय प्रमुख यादबका अनुसार, विधुत् चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरिएको र उनीहरुबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान समान समेत बरामद गरिएको छ । 

पक्राउ परेकाबाट जरिवाना स्वरुप रु सात लाख ९३ हजार चारसय सङ्कलन भएको पनि उहाँले बताउनुभयो । रासस