माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय य"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय य"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक समाजद्वारा दिगो विकास लक्ष्य -१६ का सूचांक राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण

२०७३, २६ माघ बुधबार ०४:०९

माघ २६, काठमाडौँ | राजधानीमा आयोजित दिगो विकास लक्ष्यद्वारा दलितको मूल प्रवाहीकरण बिषयक कार्यक्रमका बीच नागरिक समाजका तर्फबाट संविधानविद अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो |

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय डा. स्वर्णिम वाग्लेले सफा नीयत, स्पष्ट नीति, मूल्य र मान्यतामा आधारित संस्था र संरचना भए दिगो विकास लक्ष्य प्राप्त गर्न धेरै कठिन नहुने बताउनुभयो | उहाँले ल्यानकाउ जस्ता संस्थाले प्रमाणमा आधारित तथ्यांक उपलब्ध गराई नीति निर्माणमा टेवा पुर्याउन सक्ने बताउनुभयो |

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष दिनेश त्रिपाठीले लोकतन्त्रको आत्मानै सामाजिक न्याय हो भन्नुभयो | दिगो विकास लक्ष्यद्वारा जातिय विभेद र उत्पीडनको अपराधलाई सम्बोधन गर्न सकेन भने नेपालको अन्तर्राष्ट्रिय छवि नराम्रो हुने बताउनुभयो |


सो अवसरमा बोल्दै चान्सफोरचेन्जका कन्ट्री डायरेक्टर भीम बि. क. ले छुवाछुत दलितको गरिबीको प्रमुख कारण भएको बताउनुभयो |

डिग्निटीइनिसिएटिवकि संस्थापक जिनिता बिश्वकर्माले समाजको मानसिकता बदल्न शिक्षा नीति र शिक्षण प्रणालीमा नै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो | कार्यक्रममा बोल्दै ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बाग्चन्दले कानुनको ज्ञान, प्रयोग/ पालना र निर्माणले समाजको सोच बदल्न सक्छ भन्नुभयो |

नागरिक समाजले  दिएको सुझाब र सूचांक समावेश गरिएमा राष्ट्रिय योजना आयोगले एउटा ऐतिहासिक कदम लिएको ठहरिनेछ | इतिहासले यसको उच्च मुल्यांकन गर्ने उहाँले बताउनुभयो |

जातीय विभेद उन्मुलनका लागि वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा वकिल, सामाजिक अभियन्ता, बिद्यार्थी र विभिन्न पेशामा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश