Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १६ गते, दिउँसो १२:३४ बजे
खेलकुद

बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले २१ ओभरको खेल सकिंदा नेपालले चार विकेट गुमाएर ६१ रन जोडेको छ।

टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालको अन्य टप अर्डर चल्न सकेनन् । तर, ओपनर आकाश त्रिपाठीले नेपाललाई सम्हाल्ने प्रयास गरिरहेका छन् । यद्यपि, त्रिपाठीलाई साथ दिइरहेका सन्तोष यादव पनि ५ रन बनाएर आउट भएका छन् ।

मयान यादव र नरेन भट्ट ४/४ रन बनाएर आउट भए । दुई बल खेलेका अर्जुन कुमाल खाता नै नखोली आउट हुन पुगे । २० ओभरमा नेपालले ४ विकेट क्षतिमा ६० रन कटाएको छ । त्रिपाठीले ३५ रन कटाएका छन् ।

एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो। बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ। पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन्। गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्।