By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
    • राजनीति
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • समाज
  • विश्व
  • खेलकुद
  • Read History
Reading: ‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • विश्व
  • Home
  • Home
  • Read History
  • Read History
  • अर्थ/विकास
  • अर्थ/विकास
  • अर्थ/विकास
  • विश्व
  • विश्व
  • विश्व
  • सूचना प्रबिधि
  • सूचना प्रबिधि
  • सूचना प्रबिधि
  • Login
  • Login
  • Blog
  • Blog
  • Contact
  • Contact
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Categories
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > म्याग्दी - MGD > ‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
मुख्य समाचारम्याग्दी - MGDसमाज

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

साझासवाल
Last updated: May 21, 2025 5:10 pm
साझासवाल
7 Min Read
Share

काठमाडौँ | अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो ।

Contents
  • हीरक महोत्सवका मुख्य आकर्षण
  • गुमनाम पहिचान स्थापित गराइने
  • अनुपम पर्यटकीय सौन्दर्य

आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गरिनुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग उद्घाटनसमेत हुनेछ ।

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा गरी चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।

आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २१ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक हर्जोगका छोरो माथिएस हर्जोगसहित फ्रान्सेली आरोही, विभिन्न देशका राजदूतलगायतले सहभागिता जनाउने उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

माथिएस हर्जोग गत कार्तिकमा ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्कनुभएको थियो । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा विविध कार्यक्रमसहित मनाउन लागिएको हीरक महोत्सव व्यवस्थापनका लागि वडा नं ४ को वडा कार्यालय, सिर्जनशील आमा समूह, जनजागरण युवा क्लब, अन्नपूर्ण युवा क्लबलाई जिम्मेवारी दिइएको छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका हर्जोग र लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

“अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस पहिलो पटक सम्बन्धित भूगोलमा मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी निकायबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएको थियो”, उपाध्यक्ष पुनले भन्नुभयो । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेपछि अन्नपूर्ण गाउँपालिकाले उक्त आधार शिविर र आरोहण पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण, सरकारी अभिलेख राख्नेलगायत काम गर्दै आएको छ ।

हीरक महोत्सवका मुख्य आकर्षण

अन्नपूर्ण हीरक जयन्तीको अवसरमा ३० किलोमिटर दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरबाट नारच्याङ गाउँसम्मको म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागीता जनाउने भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाबाट पाँच÷पाँच, जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई÷दुई जना र नारच्याङ क्षेत्रबाट थप युवाहरूले म्याराथनमा भाग लिने दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा पुख्र्याैली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही, हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

हीरक महोत्सवको अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट ग्रहण गरी नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम समेत तय भएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

गुमनाम पहिचान स्थापित गराइने

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र मुख्य आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा परे पनि म्याग्दीले अहिलेसम्म अन्नपूर्ण प्रथमको पहिचान र आरोहण रोयल्टीमा सङ्घर्ष गरिरहनुपरेको गाउँपालिकाका अध्यक्ष पुनले उल्लेख गर्नुभयो ।

अन्नपूर्ण आरोहणका लागि प्रयोग हुने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने भएपनि यो क्षेत्र ओझेलमा परेकाले पालिकाले अभियानका रूपमा पूर्वाधार निर्माण गरिरहेको भन्दै यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्र्रवद्र्धनका लागि हीरक महोत्सव आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । नेपालमा हिमाल आरोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सवले रचनात्मक भूमिका खेल्ने उहँँले विश्वास व्यक्त गर्नुभयो ।

अनुपम पर्यटकीय सौन्दर्य

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग अनुपम पर्यटकीय सौन्दर्यले भरिपूर्ण छ । आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल र फुतफुते झरना पर्यटकहरूको आकर्षण बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरिएको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, तिया पसल (टिसप), होटललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले पो पदमार्गको पहिचान स्थापित भएको छ ।

दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किमी दूरीमा सडक तथा यातायातको पहुँच विस्तार भएको छभने हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज पदमार्ग बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न अभियान सार्थक बन्दै गएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालको निर्यातमा ऐतिहासिक रेकर्ड ,१० महिनामा २ खर्ब १७ अर्ब पुग्यो
Next Article “गाजा पट्टीको अवस्था दिन प्रतिदिन चिन्ताजनक र पीडादायी हुँदै गइरहेको छ,”: पोप लियो

You Might Also Like

समाज

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

57 years ago
ओखलढुङ्गा - OKLकाठमाडौँ - KTMसमाज

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

57 years ago
काठमाडौँ - KTMसमाज

निजामति कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

१८औं गणतन्त्र दिवसमा जिल्लाको अवस्था अनुसार कार्यक्रमहरू आयोजना गर्नु : नेकपा एकीकृत समाजवादी

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?