2026-10-07 07:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको निर्यातमा ऐतिहासिक रेकर्ड ,१० महिनामा २ खर्ब १७ अर्ब पुग्यो

काठमाडौँ । नेपालको निर्यातले ऐतिहासिक रेकर्ड पार गरेको छ।

हालसम्म वर्षभरिमा आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक २ खर्बको निर्यात भएको थियो। चालू आर्थिक वर्षको १० महिनामा भएको निर्यातले त्यसलाई उछिनेको हो। चालू आवको १० महिनामा निर्यात बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो।

गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले ७२.७१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/०८१ भरिमा १ खर्ब ५२ अर्बको निर्यात भएको थियो भने ०७९/०८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

निर्यातमा सबैभन्दा बढी योगदान भटमास तेल, सोयाविन तेल, पाम आयल लगायत मात्रै ९१ अर्ब ३९ करोडको निर्यात भएको छ। निर्यात हुने वस्तुमा १ अर्ब १६ करोडको चिया तथा कफी छ। त्यसैगरी तयारी पोसाक तथा कपडाजन्य वस्तु २३ अर्ब ६६ करोड रुपैयाँको छ। यसबाहेक १० अर्ब १२ करोडको कार्पेटजन्य वस्तु निर्यात भएको छ।

चालू आर्थिक वर्षमा आयात समेत १३.११ प्रतिशतले बढेको छ। वैशाखसम्म १४ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको हो। योसँगै कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए