२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुदै

२१ आश्विन २०७७, बुधबार १५:४३

असोज २१, (रासस/एएनआइ) : दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ । 

 उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो । यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । 

उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ ।

तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए । सोही पक्षमा दक्षिण कोरियाको सर्वाेच्च अदालतले पनि फैसला गरेको थियो।

सर्वाेच्च अदालतको फैसला बमोजिम नै महिलाले चाहेमा आफ्नै निर्णय अनुसार नै गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो ।

सन् २०१९ को अप्रिल महिनामा यहाँको संविैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो ।

सोही बमोजिम नै यहाँको सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ