पढ्न करिब 1 मिनेट लाग्छ

असोज २१, (रासस/एएनआइ) : दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ ।

उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो । यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन ।

उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ ।

तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए । सोही पक्षमा दक्षिण कोरियाको सर्वाेच्च अदालतले पनि फैसला गरेको थियो।

सर्वाेच्च अदालतको फैसला बमोजिम नै महिलाले चाहेमा आफ्नै निर्णय अनुसार नै गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो ।

सन् २०१९ को अप्रिल महिनामा यहाँको संविैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो ।

सोही बमोजिम नै यहाँको सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो ।