Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २३ गते, दिउँसो १२:५४ बजे काठमाडौँ - KTM, समाज

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २३, नयाँदिल्ली  (रासस/पिटिआई) : भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ ।

उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।

भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६.५० मा उहाँले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा संसार त्याग्नु भएको हो ।

दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत हुनुहुन्थ्यो ।

उहाँले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आउनु भएको थियो ।

उहाँले सन् २००० मा स्थापना गर्नु भएको पार्टीको अहिले उहाँकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गर्नु भएको छ ।

आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनु हुनेछ ।”

उहाँको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् ।