Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

२०७७, २५ आश्विन आईतवार १०:२१

असोज २५, बुटवल (रासस) । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ । 

बुटवलको सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आज बिहान बाटैमा मृत्यु भएको हो ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ । 

कोरोना सङ्क्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । 

बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै