2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने

असोज २६, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् । यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ ।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो । इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ ।

यसअघि प्रयोगशालामा गरिएको अध्ययनमा भने बैंकनोट र सिसामा कोरोना भाइरस दुई वा तीनदिनसम्म मात्र जीवित रहन सक्ने पाइएको थियो । प्लास्टिक र स्टिलमा भने यो भाइरस ६ दिनसम्म जीवित रहन सक्ने पाइएको थियो ।

अहिले गरिएको अध्ययनमा कम तापक्रममा लामो समयसम्म यो भाइरस जीवित रहन सक्ने पाइएको छ । २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा गरिएको अध्ययनमा ४० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस छिटो मरेका थिए । जसको कारण गर्मी मौसमको तुलनामा जाडोमा कोरोना संक्रमण फैलिने जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । स्रोत : रोयटर्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ