Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

२०७७, २६ आश्विन सोमबार १५:४१

असोज २६, तेहरान । (रासस/एपी) इरानमा सोमबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० सङ्क्रमित थपिएका छन् । 

अरु कतिपय देशहरुमा झैं इरानमा पनि कोरोनाभाइरसको महामारीविरुद्ध सरकारले चालेका कदम विवादित बनेका छन् ।

इरानमा दैनिक मृत्यु भएकाहरुको सङ्ख्या यो महिनामा तीन अंकमा पुगेको छ । त्यो सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।  

मृत्यु हुने र सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी अधिकारीहरुले राजधानी तेहरानको दैनिकीलाई नियन्त्रण गर्ने कडा व्यवस्थाको घोषणा गरेका छन् । 

हालै पूनः सञ्चालनमा ल्याइएका विश्वविद्यालय, विद्यालय, पुस्तकालय, मस्जीद, चलचित्र हल, संग्रालय, व्युटिपार्लर तथा सैलुनलगायतलाई फेरि बन्द गराइएको छ ।

सरकारले शनिबार मात्रै सार्वजनिकस्थलमा वा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । निर्देशनको उलङघन गरेमा दण्डित गरिने चेतावनी पनि सरकारी अधिकारीहरुले दिएका छन् ।  

सरकारका प्रवक्ता अलि राबिएइले कारोनाभाइरसको सङ्क्रमण पुष्टि भएकाहरुका आधारमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यलाई पनि कडाईका साथ अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । 

सरकारले शुरुमा घरमै बस्न, बाहिर ननिस्कन, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भन्दै गरेको अपिललाई धेरैले पालना गरेपनि पछिल्लो समयमा फेरि उल्लङ्घन भएकाले सङ्क्रमण दर थप बढेको सरकारी अधिकारीहरुको भनाइ छ । 

विश्वभरी महामारीको रुपमा कोरोनाभाइरस फैलिन लागेका वेला शुरुमा इरान महामारीको केन्द्रविन्दु जस्तै भएको थियो ।

सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्याका आधारमा इरान धेरै अगाडि रहेको थियो । तर अहिले भने दैनिक सयौँको मृत्यु र हजारौ सङ्क्रमित भएपनि इरान बढी प्रभावितहरुको सूचीमा १३औ क्रममा रहेको छ । 

इरान अहिलेसम्म पाँच लाख चार हजार २८१ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८१६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै