2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्सद्वारा हिरोजको उपमा

असोज २८, काठमाडौँ | सुनौलो परिवार नेपाल  रमेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्स नोट्समा यस महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ । बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरूको कथा समेट्यो र लक्ष्मी रायमाझी यस महामारीका मध्य नेपालकी एक व्यक्तिका रुपमा परिन् । उनले नेपालको काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गरिरहेकी छिन् । 

गेट्सनोट्समा महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोज हरुमा, मानवतावादी गेट्स्ले यस महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरिका असाधारण व्यक्तिहरूका बारे प्रकाश पारेका छन्। “मानवका रुपमा, निश्चयनै, हामी सबैजना हाम्रा शारीरिक शक्तिका हकमा निकै सिमित छौ। हामी उड्न सक्दैनौं। हामीले भित्ताको वारपार देख्न सक्दैनौं। तर हामीसँग सीमा नभएको कुरा भनेको अन्यायलाई देख्न सक्ने हाम्रो क्षमता र तिनमा काम गर्ने क्षमता हो (प्रायस् जसले हामी आफैलाई ठूलो जोखिममा पार्दछ)।” 

लक्ष्मी रायमाझी, जो दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध (LARC) समूह काभ्रेकी भेटघाट गर्ने सेवा प्रदायक हुन् जसलाई एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइयो, उनी खतरनाक बाटोघाटो हुदै, घण्टौ हिडेर खोलानाला तर्दै र पहिरोलाई छिचोल्दै आफूले सेवा प्रदान गर्ने गाउँमा पुग्छिन।  यस महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्यो। थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन जादैनन्किनकि उनीहरू कोरोना भाइरसले संक्रमित पो हुइन्छ कि भनेर डराउछन्। यद्दपी, लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत छिन्। “यदि मेरो प्रयत्नले, महिलेको स्वास्थ्य राम्रो हुन्छ, र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने, म आभारी हुन्छु” उनले भनिन्। यस महामारीको अवधिमा, धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित रहेका थिए र यौन तथा प्रजनन्स्वास्थ्य सेवाहरूलाई सधै प्राथमिकताका रुपमा लिइएन। मेरी स्टोप्स् नेपाल, प्रजनन्स्वास्थ्यको उप (समूह (स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा, गैसस तथा प्रजनन्स्वास्थ्यमा काम गर्ने दातृ निकायहरू सम्मिलित) सँगको संयोजनमा यौन तथा प्रजनन्स्वास्थ्य वास्तवमै अत्यावशकीय सेवा हो भनेर पुष्टि गर्न र पैरवी गर्न सक्षम भए। मेरी स्टोप्स्नेपालले आफ्ना सबै सेवा प्रवाह बिन्दुहरूबाट महामारीकै अवधिमा यौन तथा प्रजनन्स्वास्थ्य सेवा प्रदान गर्न जारी राख्यो। 


सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपाल सन्१९७६ मा स्थापित मेरी स्टोप्स अन्तरराष्ट्रियको एउटा अंश हो, जुन यौन र प्रजनन्स्वास्थ्य सेवा संस्थाहरूको एक वैश्विक साझेदारी हो। सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपाल थुप्रै सेवा प्रवाह विन्दु मार्फत नेपालको जनसंख्या रहेको हरेक भागमा हरेक बच्चाको जन्म रहरले होस् भनेर सुनिश्चित गर्न कार्यरत छ । 

यो परियोजना युकेएडको आर्थिक सहयोग रहेको नेपाल परिवार नियोजन परियोजनाको भाग हो जसले नेपालका सातैवटा प्रदेशभरि दुर्गम भेगका र वहिष्करणमा परेका महिलाहरूलाई समेत समेटी १५ लाख महिलाहरूको परिवार नियोजन सेवाहरूमा पहुँच अभिवृद्धि गर्नका लागि महिला र पुरुषलाई सेवा प्रदान गर्दछ। यस्ता किसिमका सेवाको प्रयोग कम भएका ठाउँमास जस्तै किशोरकिशोरीहरूका माझ र केही जनजातीका समूहहरूमा माँग वृद्धि गर्न पनि काम गर्दछ। विगतका ३ वर्षमा, यस परियोजनाले ६५,००० महिले जसमध्ये ५५ किशोरकिशोरी (२० वर्षभन्दा कम उमेरका) हुन् र ती मध्ये ५७५ जसले २.५ डलरभन्दा कम खर्चमा दैनिक गुजारा चलाउछन्, उनीहरूलाई सेवा पुर्याएको छ। यस परियोजनाले परिवार नियोजन सेवामा पहुँच विस्तार मात्र होइन कि गुणस्तरीय सेवा तथा ज्ञान व्यवस्थापनका लागि सायना प्रेस जस्ता विधि प्रयोग गरेर यसलाई अझ फराकिलो बनाएको छ। सन् २०२० मा यो परियोजनाको अन्त्य हुनेछ। सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपाल सन्१९९४ मा स्थापित भएको हो, र यसले संस्थाको ध्येयका लागि एउटा महत्वपूर्ण भूमिका खेल्न जारी राखेको छ। विगतका ६ वर्षमा झन्डै ७७१,९७३ अनिच्छित गर्भहरू र करिब ५२६, ४५९ असुरक्षित गर्भपतन रोकिए। केही वर्षको सुरक्षा (सि वाई पि) कुनै जोडीलाई एक वर्षका लागि गर्भ बस्नबाट रोकथाम गर्ने निरोध हो। सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपालले जम्मा २,७०४,१९९ को संख्यामा लाभान्वितकोसिर्जना गर्यो । नेपालका थुप्रै महिलाहरू यस संस्थाका सेवाहरूबाट लाभान्वित भए, जसले उनीहरूलाई बच्चा पाउने कि नपाउने अथवा कहिले पाउने भन्ने चयन गर्ने शक्ति प्रदान गर्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ