Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २८ गते, अपराह्न ३:५३ बजे
काठमाडौँ - KTM

भारतीय सेनाध्यक्ष नेपालमा आउँदैं

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २८, काठमाडौँ | भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । 

दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ । रासस