८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी भाडा असुल्दै सार्वजनिक यातायात

२९ आश्विन २०७७, बिहीबार ०६:५७

असोज २९, काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो । सार्वजनिक यातायातका चालक, परिचालकले भने यसलाई कार्यान्वयनमा ल्याएका छैनन् ।

राजधानीमा सञ्चालन हुने यातायातले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने भन्दै ५० प्रतिशत नै बढी भाडा लिइरहेका छन् । यात्रु प्रेमबहादुर थापा चक्रपथ चल्ने सिटी यातायातको बा२ख १२०४ नं. को सार्वजनिक यातायातका परिचालकले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने उपत्यकामा पाइन्छ भन्दै चार किमी यात्रा गर्दा पनि रु २५  नै लिएको गुनासो गर्नुभयो । 

सीट क्षमतानुसार यात्रु राख्न र पुरानै भाडादरमा चार किमी यात्रा गर्दा रु १४ नै भाडा लिन सरकारले निर्णय गरेको चार दिनसम्म पनि अनुगमन नहुँदा बढी भाडा लिइएको हो । यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । मन्त्रिपरिषद्को गत असार २३ गतेको बैठकले सीट क्षमताको आधा यात्रु राखी २०७५ असोज ७ गतेदेखि कार्यान्वयनमा आएको भाडाको ५० प्रतिशत बढी लिन पाउने निर्णय भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव सीट क्षमतानुसार यात्रु राखी पुरानै भाडादरमा सार्वजनिक यातायात चलाउनुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चारमाध्यमबाट सुने पनि लिखित जानकारी नपाएकाले कार्यान्वयन गर्न नसकिएको बताउनुहुन्छ । ५० प्रतिशतभन्दा पनि बढी भाडा लिने सवारीलाई भने दैनिक कारवाही भइरहेको महाशाखाले जनाएको छ । बुधबार उपत्यकामा मात्र ४२ सार्वजनिक यातायातलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । 

विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल सञ्चारमाध्यमबाट सीट अनुसार नै यात्रु राखी ५० प्रतिशत बढी भाडा लिन नपाइने निर्णय भएको भन्ने प्रचारप्रसार भए पनि लिखित जानकारी नआएकाले यस विषयमा केही भन्न नसकिने बताउनुहुन्छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा स्यानिटाइजरको व्यवस्था गरी सीट क्षमताको आधामात्र यात्रु राख्ने नियम लागू भएका बेलासमेत व्यवसायीले कार्यान्वयन गरेका थिएनन् । असोज २६ गते अघि पनि बढी भाडा लिने र सुरक्षा उपाय नअपनाउने सवारीलाई मशाखाले कारवाही गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार