Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २९ गते, बिहान १०:३७ बजे
काठमाडौँ - KTM

नयाँबजारमा चार वटा ग्यास विष्फोट, ११ घाइते, दुई गम्भीर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २९, काठमाडौँ | काठमाडौँको सोर्हखुट्टे नयाँ बजारस्थित एक निजी घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ जना घाइते भएका छन् ।

नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको हो । नीलकुमारीको ससुरा केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म भइरहेको थियो ।

बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी भएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् । त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

उनिहरुलाई पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ । ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा ठूलो क्षति भएको छ ।