Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज ३० गते, बिहान १०:५२ बजे
काठमाडौँ - KTM

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३०, काठमाण्डाै । नेपालमा पछिल्लाे २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लाे २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।

 काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार एक सय ३७ पुगेकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय २२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८८ हजार ४० पुगेको छ ।  

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । 

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।