Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज ३० गते, अपराह्न ३:५१ बजे
काठमाडौँ - KTM

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिए

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

 असोज ३०, (रासस/सिन्ह्वा) । जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् ।

यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन्  

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका हुन् ।उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको थियो ।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभएको थियो –हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।

उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको थियो ।

तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।

जर्मनीमा अहिलेसम्ममा तीन लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् ।