Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक ०४ गते, अपराह्न ३:१६ बजे
काठमाडौँ - KTM

रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ४, मस्को (रासस–एएनआई) । रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् । 

कोरोनाभाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितहरु देखिएका छन् । सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । यहाँ झण्डै पाँच हजार व्यक्ति संक्रमित भएको पाइएको छ । 

सेन्ट पिटसबर्गमा ६९५ र मस्को क्षेत्रमा ४२६ जनामा कोभिड–१९ देखिएको छ । 

रसियामा विगत २४ घण्टाको अवधिमा २६९ जना संक्रमितको मृत्यु भएको छ र यो अघिल्लो दिनभन्दा १७९ ले बढी हो । रसियामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २४ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।