२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु

२०७७, ५ कार्तिक बुधबार १५:३८

कात्तिक ५ (रासस/सिन्ह्वा) । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको थियो ।यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए ।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए ।

त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो ।त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए । घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो । मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह