२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा मङ्सिर ९ गते देखि

२०७७, ६ कार्तिक बिहीबार ०२:१५

कात्तिक ६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।

मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ ।

जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

यस पटक विद्यार्थीलाई होमसेन्टरको सुविधा दिइने भएको छ । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा लिइने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि गत वैशाखका लागि तय गरिएको परीक्षा कार्यक्रम सरकारले स्थगित गरेको थियो ।  

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ