२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण, विराटनगरमा दुई जनाको मृत्यु

२०७७, ७ कार्तिक शुक्रबार ०८:११

कात्तिक ७, मोरङ | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ ।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य  छ । 

दुईको मृत्यु 

कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको  मृत्यु भएको छ । नोबेल शिक्षण  अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एकएक पुरुष र महिलाको उपचारका क्रममा  बिहान  मृत्यु भएको  अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

अस्पतालमा बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु  भएको हो । उनी फोक्सो र मिर्गाैलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।  सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो  श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा  मृत्यु भएको दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ