Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक ११ गते, बिहान १०:५० बजे
काठमाडौँ - KTM

आज ५७० मा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ११, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज काठमाडौँ उपत्यकामा पछिल्लो २४घण्टामा २५२ जना संक्रमित भेटिएका छन् । 

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् । 

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।