२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरघर पुगेर कोरोना परीक्षण गर्दै अल्फा केयर, ७ घण्टामै रिपोर्ट

२०७७, १४ कार्तिक शुक्रबार ११:५५

कात्तिक १४, काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न अल्फा हेल्थ केयर एण्ड डायग्रोस्टिक सेन्टरले घरघरमा गएर स्वाब संकलन गर्ने सेवा थालेको छ । अमेरिकामा निर्मित प्रविधि भित्र्याएर स्वाब संकलन गरेर कोरोनाको परीक्षण घरघरमा पुगेर गरिरहेको अल्फा सेन्टरले जानकारी दिएको हो । 

गत सातादेखि सेवा सञ्चालन गरेको साे सेन्टरले ५ सयभन्दा धेरै सर्वसाधारणको घरैमा पुगेर स्वाब संकलन गरेको जनाएको छ । सेन्टरले (ए ग्रेड) ल्याबको सञ्चालनसहित स्वास्थ्य सेवा दिएको जानकारी दिएको छ । 

 

तत्काल उपत्यकाभित्र र चाँडै देशभर कोरोना न्यूनीकरणका लागि घरघरसम्म पुगेर स्वाब संकलन गर्ने सेवा दिन थालेको सेन्टरका प्रबन्धक निर्देशक डा. विदुर वस्तीले जानकारी दिए । सेन्टरमा अत्याधुनिक उपकरण र विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रविधिको प्रयोग गरेर कोरोना भाइरसको पीसीआर र ओपीटी परीक्षण हुने निर्देशक डा. वस्तीले बताए । 

सेन्टरसँग देशभित्र कोरोना भाइरसको जोखिम र संक्रमण बढ्दै गएपछि विभिन्न मेडिकल क्षेत्रमा अध्ययन र अनुसन्धानमा सहभागी भइसकेका विशेषज्ञ डाक्टरहरू आवद्ध रहेको उनको भनाइ छ ।   

सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना (पीसीआर) परीक्षण, सामान्य मेडिकल जाँच, अन्य विभिन्न किसिमका स्वास्थ्य परीक्षण र मृत्यु भएका मान्छेको तत्काल पोष्टमार्टम जाँच गर्ने सेवासमेत सुुरु गर्ने भएको छ ।

सरकारले तोकेको २ हजार शुल्क लिएर घरघरमा पुगेर स्वाब संकलन भइरहेको सेन्टरले जानकारी दिएको छ । यसरी स्वाब संकलन गरेको व्यक्तिको ७ घण्टाभित्र रिपोर्ट आउँछ । सेन्टरले कोरोना परीक्षण गरेका व्यक्तिलाई रिपोर्टका लागि धेरै समय कुर्नु नपर्ने गरी सेवा दिइरहेको छ । 

विशेषत: वैदेशिक रोजगारीमा जाने कामदारका हकमा चाँडै कोरोना परीक्षणको रिपोर्ट आए उनीहरू छिट्टै जान पाउँछन् । सेन्टरले दिएको सेवाले विदेशी कामदारका हकमा भने फाइदा पुगेको छ । सेन्टर सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी भएको सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ