२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा आठ हजार कोरोना सङ्क्रमित

२०७७, १६ कार्तिक आईतवार ०६:५९

कार्त्तिक १६, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । 

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।” ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ । 

कूल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराउनुभयो । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उहाँले थप्नुभयो, “जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ