२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचार बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

२०७७, १७ कार्तिक सोमबार १३:४८

कात्तिक १७, काठमाडौँ | उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

घटना गत साल पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पुर्याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ । त्यसपछि अधिकारी फरार थिए । सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेकोे अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

नक्कली डिएसपी पक्राउ 

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनले फोनमार्फत आफु महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए । कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिनुभएको थियो । सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह