Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

वीर अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १९, काठमाडौं | अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै वीर अस्पतालका चिकित्सकहरुले सामूहिक राजिनामा दिएका छन् | बुधबार आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका हुन् |

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘कोभिड-१९को माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएको, धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएकोले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ’ चिकित्सकहरुले उक्त पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा स्वीकृत नहुँदासम्म आफूहरु काम गरिरहने चिकित्सकहरुले बताएका छन् | अहिले वीर अस्पतालको आकास्मिक कक्षको उपचार भने बन्द भएको छैन |