Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए ?

k kit २०७७ कार्तिक २१ गते, साँझ ६:३७ बजे 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २१ , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो |

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | त्यस्तै पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ |

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना कोरोना संक्रमित थपिएका छन् |

त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२०, धादिङ र सिन्धुपाल्चोकमा १९/१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३/१३, दोलखा र नवलपरासीमा १२/१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०/१० जना संक्रमित थपिएका हुन् |

दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७/७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५/५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २/२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १/१ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |