Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो

२०७७, २३ कार्तिक आईतवार ०२:१६

कात्तिक २३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन्। यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकराव बढेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो। ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

दाहालसहितका नेताले ओलीलाई सचिवालय बैठक डाकेर विवादका विषयमा छलफल गरी निकास खोज्नुपर्ने बताएका थिए। यसै क्रममा सरकार र पार्टी सञ्चालन तथा राजनीतिक नियुक्तिको विषय उठेपछि ओली र दाहालबीच विवाद भएको छलफलमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भएको र दाहालले सरकारले राजनीतिक नियुक्तिलगायत काम गर्दा आफूहरूसँग नसोधेको बताएपछि धेरै बेर विवाद भएको थियो।  

‘तपाईंहरू (दाहाल पक्षलाई लक्षित) गुट भेला गर्ने, सरकारविरुद्ध षड्यन्त्र गर्ने, जाली कुरा गर्ने, बाहिर ओलीले पार्टी फुटाउँछ भन्दै हिँड्ने’, ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीले दाहाललाई जाली र झेली कुरा गरेको, सरकारविरुद्ध षड्यन्त्र गरेको, सरकारको काममा विभिन्न बहानामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो।’  

प्रधानमन्त्री ओली कड्किएपछि दाहाल पनि उत्तेजित भएका थिए। दाहालले ओलीमाथि स्थायी कमिटीको निर्णय नमानेको, सचिवालय बैठक बोलाउन अस्वीकार गरेको, पार्टीबाट अलगअलग बसौं भनेको र मुलुकमा कोरोना महामारी बढिरहँदा राज्यशक्तिको दुरूपयोग गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि आफ्नो समूहको अखडा बनाएको आरोप लगाए।

‘मैले धेरै पटक बैठक बसौं भनें तर तपाईं (ओली) ले मान्नुभएन, मन्त्री, राजदूत नियुक्तिजस्ता विषयमा स्थायी कमिटीले पार्टीका दुई अध्यक्षबीचको सल्लाहमा निर्णय लिने भनिएको थियो तर तपाईंले सल्लाह गर्नुभएन, पार्टीको अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा पनि तपाईंले आफ्नो उपस्थिति खोज्नुभयो र पार्टी निर्णय त्यहींबाट उल्लंघन भयो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्ता सबै विषय उल्लंघन गर्ने तपाईं जाली कि म जाली ?’  

दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टीलाई नसोधी एकलौटी निर्णय गरेको र सरकारमा आफूलाई मन परेकालाई मात्र सहभागी गराएर पार्टीको समेत बदनाम गर्न खोजेको आरोप लगाएका थिए। जबाफमा ओलीले सरकारको नेतृत्व पार्टी अध्यक्षले गरेकाले मन्त्री बनाउँदा र अन्य नियुक्तिको निर्णय गर्दा खासै अरूलाई सोधिरहनुनपर्ने बताएका थिए। उनले यस विषयमा केही नमिलेको भए केही दिनपछि सच्याउने पनि बताए।  

स्रोतका अनुसार दाहाल–ओली भनाभन चर्कंदै गएपछि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले बीचमै बोलेर हस्तक्षेप गरेका थिए। नेपाल र गौतमले पार्टी कमिटी बैठकबाट कोही पनि भाग्न नमिल्ने र सबै विवादको निकास पार्टीका बैठकबाट खोजिनुपर्ने धारणा राखेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की