Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २४ गते, अपराह्न ४:५६ बजे काठमाडौँ - KTM, समाज

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौँ (रासस) । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।

कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो ।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।