Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २७ गते, अपराह्न ४:२७ बजे काठमाडौँ - KTM, समाज

पछिल्लो २४ घण्टामा १९१३ कोरोना संक्रमण पुष्टि, थप १५ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २७, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।<br></p><p>योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको हो | त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ | योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३४९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।&nbsp;</p><p>यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ |</p>