पढ्न करिब 1 मिनेट लाग्छ
<p>कार्तिक २८, काठमाडौँ | ललितपुरको बालकुमारीमा आगलागी भएको छ | बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपट्टि रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो |</p><p> ललितपुर महानगरपालिकाको ३ वटा दमकलले आगो निभाई रहेका छन् |</p><p>ललितपुर प्रहरीका अनुसार काठमाडौँ महानगरपालिकाको दमकललाई पनि बोलाइएको छ | आगलागीको कारण खुल्न सकेको छैन |</p>

