Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ पुष २९ गते, अपराह्न ४:४८ बजे काठमाडौँ - KTM, समाज

फेसबुक पेजमा कामको विज्ञापन राखी ठगी गर्ने व्यक्ति पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, काठमाडौँ | </b>सामाजिक संजाल फेसबुक पेजमा विभिन्न कामको विज्ञापन राखी ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् | दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौँको&nbsp; काडाँघारी बस्दै आएका शिब खड्का लाई प्रहरीले पक्राउ गरेको हो |<br></p><p>महानगरीय अपराध महाशाखाको टोलीले २३ बर्ष खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ | उनले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिएर सुरुमा रु. १५०० देखि ३५०० सम्म इ-सेवा मार्फत डिपोजिट गर्नुपर्छ भन्दै ४३ जना युवाहरुबाट रकम ठगी गरेका थिए |</p><p>उनीमाथि थप अनुसन्धान भइरहेको र यस्ता खालका प्रलोभनमा नपर्न महाशाखाले अनुरोध गरेको छ |</p>