२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन सक्नुभएनः अध्यक्ष दाहाल

२०७७, २९ पुष बुधबार १५:०८

 पुस २९, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताउनुभएको छ । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकारका काममा पार्टीले व्यवधान गरेको भए प्रमाण पेश गर्न चुनौती दिनुभयो ।

 उहाँले कोरोना महामारीका समयमा सरकारको कामलाई झन् प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको जिकिर पनि गर्नुभयो ।  प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको र  जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गरेर सरकारले जनमतको अपमान गरेको आरोप पनि उहाँले लगाउनुभयो । 

केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य आफूहरुसँग रहेको जनाउँदै उहाँले निर्वाचन आयोगले आफूहरुलाई दलसम्बन्धी कानूनअनुसार निर्णय लिइनेमा विश्वस्त गराएको बताउनुभयो । “निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हुने पार्टीले नै आधिकारिकताको मान्यता पाउनेमा विश्वस्त हुन आग्रह गरेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “तर विद्यमान ऐन कानूनको बर्खिलाफ हुने गरी निर्णय भएमा ठूलो आँधीबेहरी आउँछ, संवैधानिक निकायले ऐन, कानूनविपरीत काम गरेमा जनता टुलुटुलु हेरेर बस्दैनन् ।”

अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री विगतदेखि नै पार्टी विधि र पद्धति नमानेर अगाडि बढिरहेको तथा पार्टीभित्र देखिएको समस्या समाधान गर्न बैठकमा बस्न नमानेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबाट संविधानमाथि प्रहार भएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले अहिले संविधानको मर्म र  मूल्यमान्यताको रक्षाको प्रश्न उब्जिएको बताउनुभयो । उहाँले नेताकार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन पनि आग्रह गर्नुभयो । 

पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको आन्दोलनले नै प्रतिनिधिसभा पुनःस्थापना गराएरै छाड्ने जिकिर गर्नुभयो । 

काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरिएको छ । काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो ।

सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने