पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ३, काठमाडौं । सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । </p><p>सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । </p><p>सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको समाचारमा उल्लेख छ । </p>

