२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड भ्याक्सिनमा भारतले सघाउने

२०७७, ४ माघ आईतवार ०२:१७

माघ ४, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन्। ‘यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ,’ मन्त्री ज्ञवालीले भने।  

दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी गराए।

बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनीतिक तहमा समेत गरी दुवै ढंगले छलफल गर्दै जाने सहमति भएको उनले बताए। 

बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धिको पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्ट र नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनेलगायत विषय उठान गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट