२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको खानीमा फसेका २२ श्रमिक छ दिनपछि जीवितै रहेको सङ्केत भेटियो

२०७७, ४ माघ आईतवार १५:४२

माघ ४, बेइजिङ (रासस/एएफपी) । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयासहरू शुरु भएका चिनियाँ अधिकारीले बताएका छन् । 

खानीमा विस्फोट हुँदा बाहिर निस्किने भ¥याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम्पर्क भने गर्न सकिएको छैन । जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका तर यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको बताइएको छ ।

चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ । 

आइतवार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएका सिन्ह्वा समाचार एजेन्सीले समाचारमा लेखेको छ । यद्यपि यसलाई पुष्टिकरणको आवश्यकता रहेको समाचारमा उल्लेख छ । 

स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन् । शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट