पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ७, काठमाडौँ ।</b> सामाजिक संजालमा महिलालाई अश्लिल भिडियो पठाई यौन उत्पिडन कार्य गर्ने एक जना पक्राउ परेका छन् ।<br></p><p>सल्यान घर भई हाल कुमख गाउपालिका वडा नं. ४ सेराडाडा बस्ने वर्ष ३६ को रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनले महिला साथी सल्यानी-२० (नाम परिवर्तित) लाई सामाजिक संजाल फेसबुकको म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पिडन तथा हैरानी दिने गरेको प्रहरीले जनाएको छ । </p><p>प्रहरीका अनुसार उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको हुँदा अनुसन्धान कार्य भई रहेको छ ।</p>

